Incident Reports

​विष खुवाएर छोरी मारेको आरोपमा पक्राउ

2015-12-23

कञ्चनपुरमा सौतेनी छोरीलाई विष खुवाएर मारेको आरोपमा प्रहरीले एक महिलालाई पक्रेको छ । पक्राउ पर्नेेमा बेदकोट नगरपालिका ३ शान्तिपुरकी ३० वर्षकी डम्मरा पन्त रहेकी छिन। उनले ८ वर्षकी छोरी लक्ष्मी पन्तलाई विष खुवाएको प्रहरीले जनाएको छ । प्रहरीले मृतक लक्ष्मीको शव घरबाट झण्डै एक किलोमिटर टाढा चौधर नदीको किनारमा जमिनमा गाड्ने क्रममा फेला पारेको थियो । डम्मराले छोरी लक्ष्मीको शव आफन्तहरुको सहयोगमा खाडलमा गाड्ने क्रममा शव सहित आरोपी डम्मरालार्ई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । मृतकका बाबु विष्णु भने रोजगारीका लागि भारतमा रहेको छिमेकीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments