Incident Reports

मोर्चा कार्यकर्ताद्वारा रौतहटमा भारतीय गाडीमा आगजनी

2015-12-23

Madhes, Rautahat, Baudhimai

आन्दोरनरत मधेशी मोर्चाका कार्यकर्ताले रौतहटमा भारतीय गाडीमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले गएराति नेपाल भारत सीमासँगै जोडिएको सरमझुवाको बंकुल बजार नजिक बिआर ०१ पीए ६७९८ नम्बरको भारतीय बोलेरो जिपमा आगजनी गरेका हुन् । जिपमा राखेर नेपाली बजारमा ल्याउँदै गरेको ५ सय लिटर डिजलसमेत मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर आगजानी गरेका छन् । आगजनीबाट बोलेर सजप पूर्णरुपमा जलेको डिएसपी राजेन्द्र पोखरेलले जनाकारी दिए । आन्दोलनकारीले आगजनी गरेको उक्त जिप भारतीय नागरिककै भएको बताइएको छ । आगजनीको खबर पाउनसाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । तर मोर्चाका कार्यकर्ताहरु आगजनी गर्ना साथ फरार भएको र उनीहरुको खोजी भइरहेको पोखरेलले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments