Incident Reports

नेपालगन्ज नाकामा फेरि तनाव

2015-12-25

Nepal

औषधि र इन्धन निर्वाध भित्रँदै आएको पश्चिमको प्रमुख नेपालगन्ज-रुपैडिहा नाकामा मधेसी मोर्चाका कार्यकर्ताहरुले फेरि पनि प्रदर्शन गर्न थालेपछि तनाव भएको छ । मोर्चाले शनिबार बिहानदेखि नाकामा प्रदर्शन जारी राखेका छन् । मोर्चाको अवरोधका कारण पश्चिमको प्रमुख नाका ठप्प भएको हो । उनीहरु दशगजामा बसेर नाका अवरोध गरेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय, जमुनाहाका असइ हरिबहादुर गुरुङले बताए । उनले बिहान १३ वटा मालबाहक गाडीहरु नेपालगन्ज भित्रिएको बताए । तर, अवरोधका कारण भारतीय कष्टम भइसकेका १ सय बढी मालबाहक गाडीहरु पारी रुपैडिहामा रोकिएका छन् । मोर्चाका कार्यकर्ताहरुले शुक्रबारदेखि नाका अवरुद्व गर्न खोजेका थिए । तर, प्रहरीले हटाएको थियो । शनिबार बिहानै मोर्चाका कार्यकर्ताहरु फेरि नाकामा जम्मा भएका छन् । नेपालगन्ज नाका सहज भएपछि औषधि, इन्धन र मालबाहक गाडीहरु सहजरुपमा भित्रँदै आएको थियो । रुट परिवर्तन गरी मालबाहक गाडीहरु यो नाकाबाट नेपालगन्ज भित्रँदै आएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments