Incident Reports

पेप्सीका सिइओको गाडीमा आगजनी

2015-12-26

Bagmati, Kathmandu, Budhanilakantha, Ward 8

पेप्सी बहुराष्ट्रिय कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोहित कोलीको गाडीमाथि आगजनी गरिएको छ । शनिबार बिहान साढे नौ बजे राजधानीको गल्फुटारस्थित उनको निवासको कम्पाउन्डबाहिर पार्किङ गरिराखिएको कारमा एकजनाले आगो लगाएर भागेका छन् । सिइओ कोहलीका अनुसार बिहान एकजना व्यक्तिले पहिला बोतलमा पेट्रोल हालेर गाडी नजिकै फालेको र पछि चुरोट सल्काएर फालेर आगो सल्काएका थिए । उनले भने, 'हामीले नचिनेको मान्छेले बोलतमा पेट्रोल हालेर गाडीमा फाल्यो । अनि त्यो पेट्रोल सल्काउन चुरोट बालेर फाल्यो। अनि पेट्रोल सल्किहाल्यो ।' बा८च ८३६६ नम्बरको हुन्डाइ टक्सन कार आगलागीले आंशिक क्षति भएको छ । स्थानीयले आगो लागेको देख्नेवित्तकै निभएका थिए । उनले भने, 'स्थानीयहरुको सहयोगले गाडी धेरै क्षति भने हुन पाएन ।' अहिले प्रहरी घटनास्थलमा पुगिसकेको र घटनाबारे खोजविन गरिरहेको छ । कस्ले आगो लगाएको हो अहिलेसम्म पहिचान नभएको कोहलीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports