Incident Reports

प्रहरीसँगको झडपमा राजेन्द्र महतो घाइते, जोगबनी नाकामा प्रहरी–मोर्चा कार्यकर्ता झडप

2015-12-25

Province 1, Morang, Biratnagar

विराटनगरको सीमावर्ती जोगबनी नाकामा धर्ना बस्न गएका सदभावना अध्यक्ष राजेन्द्र महतो प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन् । सीमा नाकामा अवरोध गर्न बसेका महतोलाई धर्नामा बस्नबाट प्रहरीले रोक्न खोज्दा झडप भएको हो । लाठी प्रहारबाट अध्यक्ष महतो, केन्द्रीय सदस्य दिलिप धाडेवा, प्रवक्ता सन्तोष मेहतालगायत घाइते भएका छन् । महतोको टाउको, छाति, औंला र दुईवटै खुट्टामा गम्भीर चोट लागेको सद्‍भावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले बताए । यादवका अनुसार बेहोस रहेका महतोलाई गोल्डेन अस्पतालको आईसीयूमा राख्ने तयारी गरिएको छ । प्रहरीसँगको झडपमा घाइते भएपछि सिमापारि गएका महतोलाई अत्याधिक रक्तस्राव भएपछि एम्बुलेन्समा विराटनगर ल्याइएको यादवले जानकारी दिए । विराटनगरस्थित गोल्डेन अस्पतालमा महतो भर्ना भएका छन् । प्रहरीले अत्यन्तै अमानवीय ढंगले कुटपिट गरेको यादवको भनाइ छ । महतोसहितका नेता कार्यकर्ता भारतीय भूमिबाट प्रवेश गरी भन्सार कार्यालयनजिक दशगजा क्षेत्रमा धर्नामा बसेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । भन्सार नाकाभन्दा केही उत्तर रानी क्षेत्रको बसपार्कमा सभा गर्ने भनिएको थियो । तर भारतीय क्षेत्रबाट प्रवेश गरेका महतोसहितका नेता कार्यकर्ता दशगजामा धर्ना बस्न खोजेको मोरङका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले बताए । त्यसक्रममा प्रहरी र भन्सार कार्यालयको गेटनजिकको कार्यालयमा मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गरेको उनले बताए । त्यसपछि प्रहरीले पनि लाठी प्रहार र अश्रुग्यास प्रयोग गरेको थियो । झडपको घटनापछि महतोसहितका नेता कार्यकर्ता नाका छिचोल्दै भारतीय भूमितिर गएका थिए । मोर्चाका कार्यकर्ताले भारतीय क्षेत्रबाट नेपाली प्रहरी टोलीलाई ढुंगा प्रहार गरेका थिए । झडपका कारण शान्त रहेको जोगबनी नाका तनावग्रस्त भएको हो । झडपपछि त्यहाँबाट सर्वसाधारणको आउजाउ समेत प्रभावित भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Entity MJF
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments