Incident Reports

कान्तिपुरको गाडी अज्ञात समूहले जलायो कान्तिपुरको गाडी अज्ञात समूहले जलायो

2015-12-27

Madhes, Parsa, Birgunj

आइतबार बिहान वीरगन्जबाट पत्रिका पुर्याएर फर्किदै गरेको कान्तिपुर दैनिकको गाडी अज्ञात समूहद्वारा त्रिभुवन राजपथको परवानीपुर चोकमा जलाइएको छ। पहिलेदेखि योजनबद्ध रुपमा बसेकाहरुले फर्किँदै गरेको गाडी जलाएको बुझिएको जिल्ला प्रहरी कार्यालय पर्साबाट पुगेको प्रहरी टोलीका प्रहरी निरिक्षक शेष अदालतले बताए। पर्साको लिपनीबिर्ता र बाराको लिपनीमाल गाबिसको बीचमा पर्ने राजमार्गमा गाडी जलाइएको उनले जनाए। आगजनीबाट ना१३च ४९५ नम्बरको पिकअप जलेर ढाँचा मात्र बाकी छ। जिल्ला प्रहरी पर्सा, परवानीपुर चौकीबाट पुगेको प्रहरी र औद्योगिक सूरक्षा गुल्मबाट पुगेको शसस्त्र सूरक्षा बलले आगो निभाएका थिए। बिहान बिहान चोकमा आगोमो मुस्लो हेरेर आफुहरु चकित भएको स्थानीयले प्रतिक्रिया दिए। मानिसहरु निदाई रहेकै बेला आगजनी भएको हो। कान्तिपुर लगायत दैनिकले मधेश आन्दोलनको समाचार बंग्याउने गरेको मोर्चाका स्थानीय अगुवाले सार्वजनिक रुपमै टिप्पणी गर्दै आएका छन्। शनिबार छापेको एउटा बिषेश रिपोर्टमा आन्दोलनका अगुवा नै तस्करीमा संलग्न रहेको कुरा उल्लेख भएको बिरोधमा शनिवारै पनि कान्तिपुर दैनिक वीरगन्जमा जलाइएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports