Incident Reports

युवा संघको कार्यक्रममा मोर्चाको अवरोध, बस्नेत लखेटिए

2015-12-25

Madhes, Saptari, Rajbiraj

आन्दोलनरत मधेसी मोर्चाले नेकपा एमालेको भातृ संगठन युवा संघ सप्तरीले शुक्रवार जिल्लाका विभिन्न ठाउँमा राखेको भेलामा अवरोध पुर्‍याएको छ। मोर्चाको अवरोधका कारण निर्धारित कार्यक्रमहरु हुन सकेनन्। यद्यपि संघले आफूहरुको कार्यक्रम सम्पन्न भएको दावी गरेको छ। संघका केन्द्रीय सचिवालय सदस्य निरन्जन झाले गराएको जानकारी अनुसार उक्त भेला पार्टी कार्यालयमा नभई झाको घरमै सम्पन्न भएको हो। यता प्रहरी निकटको स्रोतका अनुसार मोर्चाको अवरोधका कारण भेलामा सहभागी हुन आएका संघ केन्द्रीय नेता पर्शुराम बस्नेत सहितका युवा संघका नेता कार्यक्रम नै नगरी प्रहरी स्कर्टिङ्गमै फिर्ता भएका छन्। युवा संघ सप्तरीले राजविराज र कठौनामा भेलाको आयोजना गरेको थियो। सोही भेलाहरुलाई सम्बोधन गर्न बस्नेत बिहीवार राती राजविराजमा आएका थिए। बस्नेत राजविराज आएदेखि नै मोर्चा कार्यकर्ताहरुले खोजी गर्न हिँड्न थालेपछि आज(शुक्रवार) आयोजना गरिएको भेला हुन नसकेको हो। मोर्चा कार्यकर्ताहरुले राजविराजस्थित विभिन्न होटेल र मदननगरस्थित एमाले जिल्ला कार्यालयमा समेत नेता बस्नेतको खोजी गर्न नाराबाजी गर्दै पुगेका थिए। मोर्चाको अवरोधले गर्दा कार्यक्रम हुन नसक्ने र मुठभेडको स्थितिलाई आँकलन गर्दै स्थानीय प्रहरीले बस्नेतलाई शुक्रवार बिहान ११ बजेतिर जिल्लाबाट बाहिर पुर्‍याइदिएको स्रोतले बतायो। पछिल्लो पटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसका जिल्लाहरुमा कुनै पनि सरकारी र मधेस मोर्चा बाहेकका दलहरुको कार्यक्रम हुन सकेका छैनन्। आफूहरुले एमाले भातृ संगठन युवा संघको कार्यक्रम राजविराज र कठौनामा हुन नदिएको मधेसी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवले स्वीकारे।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments