Incident Reports

शिक्षण संस्था बन्द गरी जनकपुरका विद्यार्थी बिहानैदेखि प्रदर्शनमा

2015-12-27

Madhes, Dhanusha, Janakpur

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि भएको आक्रमणको बिरोधमा जनकपुरमा बिहानैदेखि विद्यार्थीले प्रदर्शन गरेका छन् । मधेश आन्दोलनरत मधेसी मोर्चाको एक घटक सद्भावनाका अध्यक्ष महतो शनिबार विराटनगरमा प्रहरीसँग भएको झडपको क्रममा घाइते हुनुभएको थियो । घटनाको बिरोधमा आइतबार बिहानैदेखि जनकपुरमा विद्यार्थीले प्रदर्शन गरेका हुन् । घटनाको विरोध एवं दोषी प्रहरीमाथि कारवाहीको माग गर्दै जनकपुरका सम्पूर्ण शिक्षण संस्था एक दिनको लागि बन्द गरी विद्यार्थीले रामानन्दचोक, पिडारीचोक बजरंग चोक लगायतका ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रगतिशील मधेसी समाज अन्तर्गत रहेको प्रगतिशील विद्यार्थी समाजको अगुवाईमा विद्यार्थीहरुले नाराबाजी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा समेत माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments