संयुक्त मधेशी मोर्चाले सांसदलाई नयाँ संविधान जनताको माझमा लिएर जान यहाँका १५ ओटा गाविस मा जान रोक लगाएको छ ।
मोर्चाले रंगेली, मझारे, बुधनगर, भाथिगछ, पोखरिया, कटहरी, शिशवनीजहदा, नोचासहितका १५ ओटा गाविसमा सांसदलाई गाविस छिर्न नदिने संयुक्त मधेशी मोर्चाका नेता राजकुमार यादवले बताए ।
काँग्रेस सांसदका अमृत अर्यालको क्षेत्र नम्बर ५ मा पर्ने अधिकांश दक्षिणी गाविसमा संविधान प्रचार कार्यक्रममा अघि बढ्न सकेको सांसद आर्यलको भनाइ छ । सांसद नआए संविधानका प्रति बाँढ्न दिने संयुक्त मधेसी मोर्चाले जानकारी दिएको छ ।
सरकारले जनताको संविधान जनताको माझमा सुरु गरेको छ । तर, सांसद प्रवेशमा रोक लगाइएपछि गाविस सचिवले कार्यक्रम गर्न नसक्ने भन्दै जिल्ला विकास समितिमा जानकारी गराएका छन् ।
जिल्लामा एक उपमहानगरसहित २७ वटा गाविसमा नयाँ संविधानसम्बन्धी जनतालाई बुझाउने कार्यक्रम बनाइएको छ । संविधानलाई थारु र मैथिली भाषामा समेत अनुवाद गरेर जनता समक्ष पुर्याउने काम भएको जिविस मोरङले जनाएको छ ।