Incident Reports

हत्याको विरोधमा पोखरामा प्रदर्शन

2015-12-30

Gandaki, Kaski, Pokhara Lekhnath

नेकपा एमाले सलार्ही जिल्ला कमिटी सदस्य रामनरेश राय साहको हत्याको विरोधमा पोखरामा प्रदर्शन भएको छ। अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटी कास्कीले बुधबार साँझ पोखराको पृथ्वीनारायण क्याम्पसमा विरोध प्रदर्शन गरेको हो। विरोध सभामा बोल्दै अनेरास्ववियु गण्डकी अञ्चल सह-इञ्चार्ज नरेश रोकायाले साहको हत्यामा आफ्नै पार्टीले सरकार हुँदा पनि छानबिन हुन नसकेको भन्दै दुःख व्यक्त गरे। अनेरास्ववियु केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज हरिवोल गौतमले साहका हत्यारालाई पत्ता लगााई छिटोभन्दा छिटो कारवाही गर्न माग गरे। अनेरास्ववियु त्रिवि जिल्ला कमिटी कास्कीका अध्यक्ष विवेक देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमिटीका सचिव अमृत ढकालले गरेको थिए। ६२ वर्षीय नेकपा एमाले सर्लाही जिल्ला कमिटी सदस्य रामनरेश राय साहको मङ्गलबार अज्ञात समूहले हत्या गरेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Entity CPN-UML
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments