Incident Reports

गोली हानी असईको हत्या

2016-01-04

Madhes, Saptari, Belhi Chapena

बनैनियाँ गाविसस्थित झौहराचोकमा सोमबार प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको सोमबार गोली हानी हत्या भएको छ। सुब्बालाई साँझ ७ बजेतिर मोटरसाइकलमा आएका दुई जना अपरिचितले गोली हानी फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्। छाती र तिघ्रामा गोली लागेका घाइते सुब्बाको साँझ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजका इन्स्पेक्टर सुरज खड्काले जानकारी दिए। भद्रपुर–१०, झापाका उनी सप्तरी, गोबरगाढा प्रहरीचौकी दरबन्दी भई झुटकी चौकीमा काज ड्युटीमा थिए। घटना भएको स्थान सीमावर्ती चौकी हो जुन सदरमुकाम राजविराजबाट करिब २० किलोमिटर पश्चिम–दक्षिण पर्छ। यहाँबाट दक्षिण भारतीय सहर अनरमठ नजिकै पर्छ। सुब्बामाथि गोली प्रहार गर्नेको खोजी तिब्र पारिएको सप्तरी प्रहरी प्रमुख (एसपी) भीम ढकालले जानकारी दिए। 'घटनास्थल वरपर सर्च अप्रेसन तीव्र पारिएको' उनले जनाए। यसैबीच, सशस्त्र संघर्षरत अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले सुब्बाको हत्याको जिम्मा लिएका छन्। उनले सञ्चारकर्मीलाई फोन गरेर प्रहरी निर्दोष जनताको हत्यामा संलग्न भएकाले चेतावनीस्वरुप असई सुब्बाको हत्या गरेको बताए। यसैबीच, करिब पाँच महिनादेखि जारी मधेस अन्दोलनको माग पूरा गराउन सरकारलाई दबाब दिन युवा विद्यार्थीले सोमबार राजविराजमा संयुक्त जुलुस प्रदर्शन गरे। 'मधेसका माग पूरा गर, प्रहरी दमन बन्द गर, विद्यार्थी मार्न पाइँदैन, अभिभावक मार्न पाइँदैन' लगायत नारा लगाउँदै स्थानीय रंगशालाबाट निस्केको विद्यार्थीको जुलुस नगरको विभिन्न भाग परिक्रमापछि गजेन्द्र चौकमा विरोध सभामा परिणत भएको थियो। सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा विद्यार्थी फोरमका केन्द्रीय इन्चार्ज अशोककुमार यादवले मधेसी मोर्चाले राख्दैआएको ११ बँुदे माग पूरा नभएसम्म आन्दोनल जारी रहने बताए। उक्त सभालाई सम्बोधन गर्दै अन्दोलनरत मधेस मोर्चा आबद्ध विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले मधेसी मोर्चाको माग पूरा गर्न सरकारले गम्भीरता नदेखाए देशमा अर्को संकट उत्पन्न हुनसक्ने चेतावनी दिए। 'यतिखेर मधेसी समुदायले स्वायत्त मधेस प्रदेश माग्दै आएको छ,' चिन्ता व्यक्त गर्दै उनले भने, 'अहिले राज्यले सम्झौता नगरे मुलुक विखण्डनतर्फ जान सक्छ।' मधेसी युवा विद्यार्थी मोर्चा सप्तरी संयोजक तारकेश्वर यादवको अध्यक्षतामा आयोजित विरोध सभामा मोर्चाका पूर्व संयोजक एवं सल्लाहकार शम्भु यादव, सहसंयोजक फणिकान्त झा, सदस्य दीपेन्द्र यादवले पनि माग पूरा नभएसम्म आन्दोलन चलिरहने बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
Total Killed 1
Total Abducted 00
National/Online Media

0 Comments

Related Reports