Incident Reports

कुटपिट गरेको आरोपमा शिक्षकविरुद्ध उजुरी

2016-01-03

Lumbini, Nawalparasi West, Palhi Nandan

 हिमालय उच्च मावि कुश्मा नपा-४ मा कक्षा ८ मा अध्ययनरत छात्र १५ वर्षीय आक्रोश बुढामगरले विद्यालयका शिक्षक ३८ वर्षीय रामप्रसाद बास्तोलाविरुद्ध पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आफूलाई शिक्षक बास्तोलाले पुस १९ गते कक्षाकोठामा निर्घात कुटपिट तथा गालीगलौज गरेको भन्दै कारबाहीको माग सहित प्रहरीमा उजुरी दिएका हुन् रोल्पा जिल्लाको थवाङ गाविस-१ स्थायी ठेगाना भई पर्वत जिल्ला कुश्मा नपा-४ मा अस्थायीरूपमा बाबुआमासँगै मजदुरी गरेर बस्दै आएका पीडितलाई शिक्षक बास्तोलाले पाइपले टाउको, ढाड र गालामा निर्घात कुटपिट गरेको उजुरीमा उल्लेख छ । पीडित बुढामगरले जिल्ला प्रशासन कार्यालय, पर्वत, जिल्लामा क्रियाशील इन्सेकलगायतका मानव अधिकारवादी संघ, संस्थामा समेत निवेदन दिएका छन् । प्रहरीले घटनाका बारेमा दुवैपक्षलाई बोलाएर सोधपुछ गर्ने र आवश्यक परेमा कानुनी प्रक्रिया अगाडि बढाउने जनायो । किशोर सापकोटा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments