Incident Reports

विप्लव माओवादीले रेञ्जरलाई मोसो दले

2016-01-04

Sudurpashchim, Achham, Dhakari

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले अछाममा एक रेञ्जरलाई मोसो दलेको छ । जिल्ला वन कार्यालय अछाम अन्तर्गत ईलाका वन कार्यालय ढकारी रेञ्जपोष्टमा कार्यरत रेन्जर अब्दुल करिम मियालाई सोमबार दिउँसो सदरमुकाम मंगलसेनमा मोसो दलिएको हो । सामुदायिक वनबाट घुस लिइ रातारात सरुवाको चक्करमा रहेकाले उनलाई मोसो दल्नुका साथै जुत्ता चप्पलको माला लगाएदिएको सो पार्टीले विज्ञप्ती जारी गरी जनाएको छ । बारा जिल्लामा सरुवा भएर जान लागेका रेञ्जरलाई होटलमा बोलाएर मोसो दलेको बुझिएको छ । रेञ्जरले ढुंगाचाल्नास्थित सरस्वती सामुदायिक वन उपभोक्ता समिति नविकरण गर्नका लागि बनको विधान कार्ययोजना तयार गर्दा बढी पैसा लिएको आरोप सो पार्टीले लगाएको छ । वनको विधान कार्ययोजना बनाउँदा रेञ्जरले ३४ हजार लिएको र समितिले १५ हजार मात्र खर्च दिने भनेपछि जिल्ला वनको रोहबरमा सोमबारै बाँकी १९ हजार समितिका अध्यक्षलाई फिर्ता गराइएको सहायक जिल्ला वन अधिकृत भक्तराज गिरीले जानकारी दिए । प्रहरीले रेञ्जरलाई कालोमोसो दल्ने कार्यमा संलग्न भएको आरोपमा हर्क बिक र दीपेन्द्र परियारलाई बेलुकी नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकामध्येका दीपेन्द्र सरस्वती सामुदायिक वनका अध्यक्ष रहेको बुझिएको छ । रेञ्जर पनि प्रहरीकै नियन्त्रणमा छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments