Incident Reports

मानसिक सन्तुलन गुमाएका बाबुले गरे छोराको हत्या

2016-01-06

कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएका बाबुले आफ्नै छोराको हत्या गरेका छन् । भिमदत्त नगरपालिका–१५ का ४० वर्षिय विष्णु भट्टले आफ्ना ७ वर्षिय छोरा हरिश भट्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तुलसी अधिकारीले जानकारी दिए । भट्टले छोराको घाँटीमा विजुलीको तारले बाँधेर हत्या गरी घर नजिकैको बाँसको झाडीमा फालेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । भट्ट फरार छन् भने उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments