Incident Reports

तनहुँमा खुकुरी प्रहारबाट एकको मृत्यु, दुर्इजना घाइते

2016-01-16

तनहुँको व्यास नगरपालिका-२ स्थित मालपोत लाइनमा युवाबीच भएको झडपमा परी एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ३७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। मृत्यु हुनेमा व्यासनगरपालिका– २ निवासी दिनेश थापा रहेको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा गएराति दमौली अस्पतालमा मृत्यु भएको हो। उक्त घटनामा परी व्यास नगरपालिका–१० निवासी १७ वर्षीय रेगन थापा र१६ वर्षीय अरुण आले घाइते भएका छन्। उनीहरुको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports