Incident Reports

असईका हत्या घटनाका आरोपित गिरफ्तार

2016-01-04

Madhes, Saptari, Belhi Chapena

झापा भद्रपुर नपा-११ चन्द्रगढी निवासी झुटकी प्रहरी चौकीका इन्चार्ज असई ४५ वर्षीय रमेश सुब्बाको हत्या आरोपमा प्रहरीले झुटकी गाविस-७ कजरा टोलका ३२ वर्षीय अशोककुमार यादवविरुद्ध माघ ३ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । प्रहरीले ८५ हजार भारतीय रुपियाँसहित आरोपितलाई पुस ३० गते गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ । नर्घो गाविस-६ स्थित झोहरा चोकमा चिया र पान खाइ झुटकी प्रहरी चौकीतर्फ फर्किरहेका बेला सादा पोसाकमा रहेका असई सुब्बालाई कोसी पश्चिमी नहरको कल्भर्टमा मोटरसाइकलमा आएका सुटरहरूले पुस २० गते साँझ गोली प्रहार गरी हत्या गरेका थिए । तिघ्रामा गोली लागेपछि भाग्न खोजेका सुब्बालाई नजिकै पुगेर छातीमा गोली प्रहार गरिएको प्रत्यक्षदर्शी गफुर मियाँले बताए । शवको पोस्टमार्टम धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पुस २१ गते भएको थियो । प्रहरीले हत्यामा प्रयोग भएको भन्दै ना २५ प ३२२२ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रहरीले घटनामा संलग्नको शंकास्पद सूचीमा राखेर यादवसहित आधा दर्जनभन्दा बढी स्थानीय व्यक्तिलाई खोजी गरिरहेको थियो । प्रहरी सेवामा २२ वर्षअघि प्रवेश गरेका असई सुब्बा ६ महिनाअघि झुटकी प्रहरी चौकीको इन्चार्जका रूपमा खटिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments

Related Reports