Incident Reports

सहपाठीका हत्यारा पक्रिन बालबालिकाद्वारा प्रदर्शन

2015-12-13

Sudurpashchim, Kailali, Mohanyal

सहकर्मीका हत्यारा पक्राउ गर्न माग गर्दै कैलालीको चौमालाका विद्यार्थीले पूर्वपश्चिम राजमार्गमा आइतबार दुई घन्टा चक्काजाम गरेका छन। चौमाला गाविसको मोहन्याल विद्यामन्दिरमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय तिलक जोशीको मंसिर २७ गते अज्ञात व्यक्तिले बिभत्स हत्या गरी खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको थियो।घटना भएको ३५ दिन हुँदा पनि प्रहरीले हत्याराको खोजी गर्न चासो नदिएको भन्दै चौमला क्षेत्रका विद्यार्थी, राजनीतिक दल, स्थानीय र मृतकका आफन्त सडकमा उत्रिएका हुन्। चौमाला प्रहरीचौकी नजिकै रहेका पुष्पनगरका स्थानीय व्यापारी जनकराज जोशीका छोरा तिलकराजको हत्यापछि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरे पनि सामान्य सोधपुछ गरी छाडेको आफन्तको आरोप छ। विद्यालयबाट आएर खाना खाएर दौंतरीहरूसँग खेल्न गएका तिलकराज साँझ घर नफर्केपछि खोेजबिन गरिएको थियो। इलाका प्रहरी कार्यालय चौमालाको नजिकै बालकको हत्या भएर पनि प्रहरीले दोषीमाथि कारबाही गर्न नसकेपछि आन्दोलनको बाटो अपनाउनुपरेको विरोध प्रदर्शनको अगुवाइ गरेका विद्यार्थी किरन मल्लले बताए।मृतकका आफन्तले प्रहरीले जिम्मेवार भएर अनुसन्धान नगरेको आरोप लगाएका छन्। अनुसन्धान कहाँ पुग्यो भन्ने विषयमा प्रहरीले बोल्न नमानेपछि अहिले जोशी परिवारमा झन् निराशा छाएको छ। मृतकका काका हर्कदेव जोशीले घटनाबारे प्रहरीले चासो नदेखाएको बताए।'प्रहरीसँग कसलाई पक्राउ गरियो, अनुसन्धान के भयो भनेर सोध्दा जबाफ पाइएन', उनले भने। मृतकका आफन्तले एक वर्षअगाडि मृतकका बुवा जनकराज जोशीसँग लेनदेनमा झगडा भएको र उनले ज्यान लिने धम्की दिएका कारण बालकको हत्या उनैले गरेको शंका गरेका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले घटनामा धेरैलाई पक्राउ गरी अनुसन्धान गरिएको तर कुनै प्रमाण फेला नपरेको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports