Incident Reports

राजविराजमा बजार र शैक्षिक संस्था बन्द

2016-01-22

मोरंगको रंगेलीमा भएको झडपका क्रममा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको विरोधमा मधेशी मोर्चाले सप्तरीको राजविराजका शैक्षिक संस्थाहरु बन्द गराएको छ । मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले सदरमुकाम राजविराजका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गराएका हुन् । आज बिहान विद्यालयहरु खुलेका भए पनि मोर्चाका नेता/कार्यकर्ताहरु नाराबाजी गर्दै विद्यालय बन्द गराउन पुगेका थिए । मोर्चाले राजविराज बजार समेत बन्द गराएको छ । बिहानैदेखि प्रदर्शन थालेका उनीहरुले नगरको बिभिन्न ठाउँमा टायर बालेर रंगेली घट्नाको बिरोध जनाएका छन् । केही दिनदेखि सहज बन्दै गएको राजविराजको जनजीवन मोर्चाको प्रदर्शनपछि पुनः अस्तव्यस्त हुँदै गएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments