Incident Reports

चिकित्सक अपहरण गर्न खोज्ने पक्राउ

2016-01-23

Madhes, Siraha, Lahan

 लहानबाट एक चिकित्सकलाई अपहरण गर्न खोज्ने जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) का एक कार्यकर्ता पक्राउ परेका छन् । लहान नगरपालिका–८ बस्ने वर्ष ३५ का विजय पासवान चिकित्सक अपहरणको अभियोगमा पक्राउ परेका हुन् । उनलाई १० माघमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनलाई लहानस्थित सप्तऋषि अस्पतालका सञ्चालक तथा चिकित्सक डा. पशुुपति चौधरीलाई अपहरण गर्न खोजेको आरोपमा पक्राउ गरेको बताएको छ । डा. चौधरीले चन्दा नदिएको भन्दै पासवानले ९ माघ बिहान ७ बजे अस्पतालकै अगाडिबाट अपहरण गर्न खोजेको प्रहरीले जनाएको छ । पासवानलाई अपहरण तथा शरीर बन्धक मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports