Incident Reports

कांग्रेस अधिवेशनः मतपेटिका लुटियो

2016-01-28

Lumbini, Banke, Baijanath, Ward 4

नेपाली कांग्रेस बाँके, नौवस्ता गाउँ समितिको अधिवेशनमा मतपेटिका लुटिएको छ । १५ माघमा भएको निर्वाचनमा मतगणना गर्ने क्रममा गणनास्थलबाटै मतपेटिका लुटिएको हो । कुल खसेको १५८ मतमध्ये १०० मतको गणना गरिसकेर बाहिर नतिजा सुनाउने क्रममा भित्र भएका एजेन्टहरुले नै मतपेटिका लगेर भागेको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख डिएसपी राजिवबहादुर बस्नेतले जानकारी दिए । आफू र आफ्नो प्यानलले हार्ने जस्तो देखिएपछि भित्र रहेका दुईजना एजेन्टहरुले मत पेटिका कब्जामा लिएर मोटरसाइकलमा भागेको डिएसपी बस्नेतले बताए । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । शुक्रबार नौवस्ता ८ बानियभारस्थित विपी मेमोरियल माविमा कांग्रेस नौवस्ता गाउँ समितिको निर्वाचन भएको थियो । 
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports