Incident Reports

वीरगञ्ज मितेरी पुल धर्नास्थलको पाल स्थानीयले जलाए

2016-02-05

Madhes, Parsa, Birgunj

मधेसी मोर्चाले नाकामा धर्ना बस्नका लागि नेपाल–भारत सीमा दसगजाको मितेरी पुलमा टाँगेको पाललाई दुवैतिरका स्थानीय र व्यवसायीले आज जलाइदिएका छन् । नाकाबन्दी अन्त्य गर्नुपर्ने माग बढिरहेको र मोर्चाका नेताहरुले नै वीरगन्ज नाका खोल्नुपर्ने बताइरहेका बेला केहीबेरअघि पाल जलाइएको हो । पुलमा स्थानीय र प्रहरीको उपस्थिति बाक्लो छ भने साना सवारी साधान र रिक्सा आवत जावत भइरहेको छ ।

0 Comments