Incident Reports

कांग्रेस क्षेत्रीय प्रतिनिधिको गोलीहानी हत्या

2016-02-06

Madhes, Dhanusha, Sahidnagar, Ward 10

नेपाली कांग्रेस धनुषा–१ का क्षेत्रीय प्रतिनिधि राजेन्द्रप्रसाद यादवको गोली प्रहारबाट हत्या भएको छ। धनुषाको बालाबाखर–४ वैरिया टोल घर भएका यादवलाई शुक्रबार राति करिब १० बजे अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। करिब ४५ वर्षीय यादवको पेट, छाती र घाँटीमा गोली लागेको घटनास्थलमै रहेकी नेपाली काँग्रेसकी सांसद मोक्ताकुमारी यादवले बताइन्। मृतक यादब सांसद यादवका मामाससुरा हुन्। सांसद यादवको परिवारमा भतिजीको बिहेमा सहभागी हुन आएका थिए। त्यही बेला अज्ञात व्यक्तिले फोन गरी विवाह घरभन्दा बाहिर बोलाएको र बाहिर निस्केपछि गोली हानेर हत्या गरिएको सांसद यादवले नागरिकन्युजलाई बताइन्। उनको हत्या कसले र किन गरेको भन्ने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ। मृतक यादव नेपाली कांग्रेस एकता हुनुपुर्व कांग्रेस (प्रजातान्त्रिक) का गाउँ इकाइ कमिटि सभापति थिए। वर्तमान पार्टीको क्षेत्रीय प्रतिनिधि रहेका उनको दुई छोरा छन्। शनिबार बिहान मृतक यादवको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने घटनाको अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी रामदत्त जोशीले जानकारी दिए। धनुषामा मधेसी मोर्चाका कार्यकर्ताले कांग्रेस नेतालाई निसाना बनाउँदै आएका छन्। यसअघि कांग्रेस महामन्त्री विमलेन्द्र निधि, केन्द्रीय नेताहरु आनन्द ढुंगाना लगायतका घरमा मोर्चा कार्यकर्ताले आक्रमण गरेका थिए। यादव हत्या किन र कसले गर्याे भनेर यकिन भइसकेकाे छैन। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports