Incident Reports

रौतहटमा संस्थापन र देउवा पक्षबीच झडप

2016-02-07

Madhes, Rautahat, Chandrapur

रौतहटको चन्द्रनिगाहपुरमा ३ नं क्षेत्रको अधिवेशनसम्बन्धि विवादलाई लिएर कांग्रेसका दुई पक्षबीच झडप भएको छ । संस्थापन पक्ष र देउवा पक्षका कार्यकर्ताबीच कुर्सी हानाहान भएपछि अहिले सुरक्षाकर्मीले स्थिति सम्हाल्ने प्रयास गरिरहेका छन् । क्रियाशिल सदस्यता विवादका कारण क्षेत्रिय प्रतिनिधि छनोटमा विवाद भएको थियो । त्यसमा सहमति गर्ने भनेर हिमालय गेस्ट हाउसमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएका दुवै पक्षका कार्यकर्ताबीच झडप भएको हो । कुर्सी लागी सेख इम्तिहाज सामान्य घाइते भएका छन् । संस्थापन पक्षले सहमतिमा ढिला गरेको भन्दै देउवा पक्ष आक्रोशित भएपछि झडप भएको हो । देउवा पक्षका जिल्ला सभापति कृष्णप्रसाद यादवले संस्थापनले ढिला गरेर सहमति नचाहेको बताए । संस्थापन पक्षका केन्द्रिय सदस्य आफ्ताब आलमले भने देउवा पक्ष नै सहमतिमा आउन नचाहनेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments