Incident Reports

मापसे गरेका पिताको हरकत : ६ महिनाको छोरालाई सिरकमा पोको पारेर हत्या

2016-02-07

Province 1, Jhapa, Birtamod

मादक पदार्थ सेवन (मापसे) गरेका एक पिताले आफ्नो ६ महिनाको छोरालाई सिरकमा पोको पारेर हत्या गरेका छन् । प्रहरीले हत्या अभियोगमा बिर्तामोड नगरपालिका–२ रामचोक बस्ने २० वर्षीय देव दाशलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मापसे गरेर आएका उनले लगातार छोरा रोएपछि सिरकमा पोको पारेका थिए । देव दाशकी पत्नीले सिरकमा छोरा पोको परेको देखेपछि हतार–हतार छोरालाई उद्धार गर्दै हो–हल्ला गरेकी थिइन् । निसास्सिएर गम्भीर अवस्थामा पुगेको बच्चालाई उपचारका लागि बिर्तामोड कै बीएण्डसी अस्पतादल लगिएको थियो । अस्पतालका चिकित्सकले तत्काल बच्चालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments