Incident Reports

अपहरणमा संलग्न दुई पक्राउ

2016-02-08

Province 1, Udayapur, Triyuga, Ward 2

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाबाट प्रहरीले अपहरणमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । उनिहरुले त्रियुगा नगरपालिका–३ स्थित भिम ग्यारेजमा भारतीय जिपमा आएका ६ जनाको समुहले सोही ग्यारेजका संचालक सिरहा, लहान नगरपालिका–४ बस्ने ४० बर्षिय मोहमद मुसराइनलाई अपहरण गरेका थिए । अपहरण गरी कदमाहातर्फ गएको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उक्त गाडीसहित दुई जनालाई प्रहरी चौकी लालपताको एरियाबाट नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ पर्नेमा सिरहा सुखीपुर बस्ने ७२ बर्षीय केशव चौधरी र सोही स्थान बस्ने ३५ बर्षीय दिनेस साफी छन् । अपहरणमा संलग्न अन्य फरार रहेकोले खोजी भईरहेको प्रहरीले जनाएको छ । अपहृत मोहमद मुसराईनलार्इ सकुसल उद्दार गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
Local Newspaper - Udayapur

0 Comments

Related Reports