Incident Reports

मोर्चाद्वारा अदालतमा धर्ना

2016-02-08

Madhes, Saptari, Rajbiraj

सप्तरी प्रहरीले आफ्ना कार्यकर्तालाई पक्राउ गरी कर्तव्य ज्यानको झुटो मुद्दा लगाएको भन्दै मधेसी मोर्चाले सोमबार राजविराजस्थित जिल्ला अदालतअगाडि प्रदर्शन गर्नुका साथै धर्ना दिएको छ । विभिन्न घटनाको नाममा आफ्ना सक्रिय कार्यकर्तालाई पक्राउ गरी प्रहरीले झुटो मुद्दा दर्ता गर्दै आएको मोर्चाको दाबी छ । सप्तरी प्रहरीले असइ रमेश सुब्बाको हत्या घटनामा संलग्न रहेको भन्दै झुट्कीका अशोक यादवलाई दुई साताअघि बर्दिवासबाट पक्राउ गरेको थियो । यसअघि भारदहबाट चार मोर्चा कार्यकर्तालाई चोरीडाँका मुद्दामा पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये चोरीडाँका मुद्दाका चारजना मोर्चा कार्यकर्ता धरौटी बुझाएर रिहा भइसकेका छन् । यादव कर्तव्य ज्यानमुद्दाको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people More than 30
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments