Incident Reports

सात वर्षीय बालकको घाँटी रेटी हत्या

2016-02-07

Lumbini, Banke, Kohalpur, Ward 11

चारदिन अघिदेखि बेपत्ता रहेका सात वर्षीय बालकको कोहलपुरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ। माघ २४ गते दिउँसोदेखि बेपत्ता रहेका कोहलपुर–९ झण्डहवाका सात वर्षीय आकाश थारुको बुधबार बिहान शव फेला परेको हो। घरनजिकै रहेको परालको कुन्युमा घाँटी रटेर हत्या गरिएको अवस्थामा बुधबार विहान ८ बजे शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। २४ गतेदेखि बेपत्ता बालकको २४ गते नै हत्या गरिएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ। गाउँकै सरकारी विद्यालयमा कक्षा ३ मा पढ्ने थारुको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। शव पोष्टमार्टमपछि बुधबारै आफन्तको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ। थ्प अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments