Incident Reports

पेट्रोल नदिएको भन्दै हाकिमले सुब्बा कुटे

2016-02-14

Karnali, Surkhet, Birendranagar

सुर्खेतमा एक सरकारी कर्मचारीले आफ्नै सहकर्मीलाई कुटेका छन् । जिल्ला विकास समितिको कार्यालय सुर्खेतका योजना अधिकृत रामवहादुर बुढाले आफ्नै कार्यालयमा कार्यरत कर्मचारीलाई कुटेका हुन् । अधिकृत बुढाले आफ्नै कार्यकक्षमा शुक्रवार दिउँसो नायव सुव्वा नविनकुमार केसीलाई कुटेका छन् । आफ्नो मोटरसाइकलको लागि पाँच लिटर पेट्रोलको व्यवस्था नगरेको भन्दै बुढाले केसीलाई कुटेका हुन् । जिविसका स्टोरकिपर समेत रहेका नायव सुब्वा केसीले अधिकृत बुढाको निजी मोटरसाइकलको लागि पेट्रोलको व्यवस्था गर्न नसक्ने बताएका थिए । त्यसपछि अधिकृत बुढाले आफूलाई पेट्रोल नदिएको भन्दै केसीमाथि आक्रमण गरेको जिविसका अन्य कर्मचारीहरुले बताए । योजना अधिकृत बुढाले आफ्नै कार्यकक्षमा बोलाएर मोटरसाइकलको लागि प्रेटोल नदिएको भन्दै एक्कासी कन्चड र नाकमा मुक्का हानेको केसीले बताए । मुक्का प्रहारपछि केसीको नाकबाट रगत बगेको थियो । नजिकिँदै गरेको जिल्ला परिषद् वैठकको लागि जेनरेटर चलाउन ५० लिटर प्रेटोल स्टक राख्न आयल स्टोरलाई भनेको जानकारी दिन योजना अधिकृत बुढाको कार्यकक्षमा गएको बेलामा आफूमाथि आक्रमण भएको केसीले जानकारी दिए । बुढाले आफ्नो लागि पेट्रोल किन नल्याएको भन्दै हपारेको र आफूले कसैको निजी सवारी साधनको लागि पेट्रोलको व्यवस्था छैन भनेपछि आफूलाई अधिकृत बुढाले कुटेको केसीको भनाइ छ । योजना अधिकृत बुढाले यसअघि पनि कार्यालयका सहलेखापाल दिर्घराज पोख्रेललाई समेत कार्यालयमै कुटपिट गरेको जिविसका कर्मचारीहरुले बताएका छन् । बिनाकारण आफूलाई कुटपिट गर्ने योजना अधिकृतलाई कारबाहीको माग गदै केसीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । नायव सुव्वा केसीले योजना अधिकृत बुढालाई कडा कारवाही हुनुपर्ने माग गरेका छन् । उनले आफ्नो सुरक्षाको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports