Incident Reports

धारीलो हतियारले हानेर वृद्धको हत्या

2016-02-17

Lumbini, Bardiya, Thakurbaba

बर्दिया, फागुन ६ – बर्दियामा एक वृद्धको धारीलो हतियार प्रहार गरी हत्या भएको छ । ठाकुरद्धारा–४ सुतैया गाउँका ६९ वर्षका जोरासिंह थापाको हत्या भएको हो । घरको बरण्डामा सुतिरहेको बेला बुधबार राति १० बजेतिर नचिनेका मानिसको समूहले धारीलो हतियार प्रहार गर्दा उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उहाँकी श्रीमती बसना थापा घाइते हुनुभएको छ । अनुहारमा चोट लागेकी उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । हत्यामा संलग्नको खोजी भइरहेको डिएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो । हत्यामा संलग्न भएको आशंकामा गाउँकै युवा अजित बुढालाई पक्राउ गरीएको डिएसपी गिरीले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports