Incident Reports

एमाओवादी नेतामाथि आक्रमण

2016-02-15

Madhes, Siraha, Lahan, Ward 1

एमाओवादी नेता विश्वनाथ साहमाथि आक्रमण भएको छ । सिरहास्थित एमाओवादीका केन्द्रीय परिषद् सदस्य फुलगेन नायकको घरबाट गाडीमा फर्कदै गर्दा अरङ्ग गाउँमा एक समूहले आक्रमण गरेको नेता साहले बताए । फागुन ३ गते नेपाली काँग्रेसका नेता एवं सांसद गणेश मण्डलमार्फत फुलगेन नायकको घरमा आक्रमण भएको थियो । फुलगेन नायकलाई कुटपिट समेत गरिएको थियो । आफू त्यसबारेमा जानकारी लिन उनको घर गएको र फर्किने क्रममा आफूमाथि आक्रमण भएको शाहले बताए । आक्रमणबाट शाह सामान्य घाइते भएका छन् भने सवार गाडीको सिसा फुटेको छ । उनका अनुससार पचास–साठी जनाको समूहमा आएका सो समुहका धेरैले नाकाव पनि लगाएको थिए । उनले भने, ‘त्यसमध्ये मैले धेरैलाई चिनिन । तर, खुशीलाला ठाकुर, धनवीर यादव, प्रभात सिहलगायतका व्यक्तिलाई चिनेको छु ।’ उनीहरु स्थानीय कांग्रेस समर्थित गुण्डा भएको बताइएको छ । घटनामा स्थानीय प्रहरी प्रशासन तथा काँग्रेसको मिलोमतो रहेको उनले आरोप लगाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments