Incident Reports

बीरगञ्जको नारायणी एफएममा आक्रमण, एक घाइते

2016-02-21

Madhes, Parsa, Birgunj


 बीरगञ्जस्थित सामुदायिक रेडियो नारायणी एफएममा फागुन ९ गते बिहान अज्ञात समूहले आक्रमण गरेको छ । बीरगञ्जको श्रीपुरमा अवस्थित एफएमको कार्यालयमा राती हतियारसहित आएका अपरिचत दुई जना व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणकारीको प्रतिकारका क्रममा नारायणी एफएमका सुरक्षा गार्ड ३४ वर्षीय वृजमोहन यादव घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भयो । राती पर्खाल नाघेर एफ एम भित्र पसेका दुई जना अपरिचित व्यक्तिहरूले जबरजस्ती साँचो मागेको र नदिएपछि आफूमाथि आक्रमण गरेको सुरक्षागार्ड यादवले बताए । आक्रमणकारीहरूले धारिलो हतियारले प्रहार गरेपछि आफूले होहल्ला गर्दै हारगुहार मागेपछि उनीहरू भागेको पीडित यादवले बताए । आक्रमणकारीले सुरक्षा गार्ड यादवको मोबाइल लुटेर लगेका छन् । केही दिन पहिले नारायणी एफएमकै सहकर्मी माधुरी महतोमाथि आक्रमणको प्रयास भएको थियो । बिहान साढे ५ बजेको समाचार वाचन गर्न घरबाट एफएमतर्फ आउने क्रममा महतोलाई दुई जना अपरिचित व्यक्तिले आक्रमणको प्रयास गरेका थिए । दुवै घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइसकिएको नारायणी एफ एमका प्रशासन प्रमुख विदुर गौतमले बताए । बीरगञ्जका विभिन्न सञ्चारगृहमा आक्रमण र सञ्चारकर्मीमाथि धम्कीको श्रृङ्खला बढेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले आपत्ति जनाएको छ । पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको अगुवाईमा रहेको पर्साका सञ्चारकर्मीहरूको टोलीले फागुन ९ गते प्रहरी नायव उपरिक्षक हामेन्द्र बोगटीलाई भेटी फागुन ८ गते राती बीरगंजबाट प्रसारण हुने नारायणी एफएममाथि भएको आक्रमण बारे जानकारी गराउँदै तत्काल घटनामा संलग्न दोषीलाई गिरफ्तार गरी कानुनी कारवाहीको माग गरेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments