Incident Reports

छुरा हानेर एक युवकको हत्या, अरु दुई घाइते

2016-02-27

Province 1, Jhapa, Bhadrapur, Ward 2

शनिबार विहानै झापाको दक्षिणी गाविस पृथ्विनगरमा एकजना युवकको छुरा प्रहार गरी हत्या गरिएको छ । पृथ्वीनगर ६ का १८ वर्षीय राजन मगरको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मगरको हत्या पृथ्विनगर–६ कै सन्जोग लिम्बू र उनका केही साथीले गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लिम्बूको समूहले मगर लगायत पृथ्वीनगर–६ कै सञ्जय उराउ र सञ्जय लिम्बूलाई छुरा प्रहार गरी घाइते बनाएपछि मगरको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा मृत्यु भएको हो । गम्भीर घाइते लिम्बूको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा आइसीयु कक्षमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अर्का घाइते उराउको छातीमा छुराको गम्भीर चोट लागेकाले भद्रपुरमा उपचार सम्भव नभएपछि धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । प्रहरीले पुरानो रिसइबीका कारण सन्जोग लिम्बूले उनीहरुको हत्या योजना बनाएको हुनसक्ने अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पृथ्वीनगर–६ का कृष्ण सुब्बाको चिया बगानको टहरामा सुतिरहेको अवस्थामा सन्जोगले राजन मगर, सञ्जय लिम्बू र सञ्जय उराउलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहार गर्ने सन्जोगलाई प्रहरीले पक्राउ गरेको छ भने छुरा प्रहारमा संलग्न अन्यको खाजेतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त घटना शनिबार विहानको राति करीब साढे तीन बजेको समयमा भएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports