Incident Reports

विद्यार्थी हत्याका आरोपित पक्राउ

2016-02-29

Lumbini, Banke, Rapti Sonari

सात वर्षअघि नेपालगन्जका दुई विद्यार्थीको अपहणपछि हत्या गरी फरार इन्द्रपुरका रिजवान साई पक्राउ परेका छन् । पक्राउ परेका साईलाई प्रहरीले बयानका लागि अदालतमा पेस गरेको छ । साईले नेपालगन्जका २२ वर्षीय मोहम्मद अन्सारीलाई पनि अपहरण गरेको अभियोग छ । बाँकेका प्रहरी प्रवक्ता डीएसपी भीमकिरण बोगटीले त्यसअघि जुम्ला घर भई नेपालगन्ज १ धम्बोझी डेरा गरेर पढदै आएका महेन्द्र शाहीलाई पनि साईले अपहरण गरेको बताए । साइले ०६७ असोज १४ गते जयबागेश्वरी उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय लीलाधर भट्ट र नेपालगन्ज १५ भट्टीटोल घर भई त्यही विद्यालयको ९ कक्षामा अध्ययनरत १५ वर्षीय कपिल द्विवेदीलाई अपहरण गरेका थिए । साईको समूहले अपहरणपछि ५० लाख फिरौती रकम मागेका थिए । तर, परिवारले १० लाख फिरौती बुझाएपछि इन्द्रपुर ७ मोतिपुरमा कपिल द्विवेदीलाई घाँटी रेटी हत्या गरेका थिए । उक्त घटनामा संलग्न ४ जना अझै फरार छन् । इन्द्रपुरको सुष्मा बर्मा, भवानियापुर ८ का प्रमोद गिरी, कम्दी ८ का बकरिदी शेष र इन्द्रपुरमो निजामुद्दिन साई फरार रहेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न मेराज अहमद साई, इब्राहिम मनिहार, कैलाशकुमार गडरिया, रामसोभित कुर्मी रज्जव अली साई, जियाउल सिद्दिकी, नजिर खाँ र इन्साफ अलि शेषलाई अदालतले जनही ७८ वर्षको कैद फैसला सुनाइसकेको छ । अन्य फरारहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू तराई जनतान्त्रिक पार्टी मधेसका नाममा व्यक्ति अपरहण गरी चन्दा असुली गर्दै आएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Abducted 3
Youth Abducted 3
National/Online Media

0 Comments