Incident Reports

सात वर्षीया बालश्रमिकको उद्दार

2016-02-25

Bagmati, Chitawan, Bharatpur, Ward 10

भरतपुर उपमहानगरपालिका- १० स्थित सुनगाभा लेडिज होस्टेलमा बस्दै आएकी एक सात वर्षीया बालिकाको उद्धार गरिएको छ । ती बालिकालाई चितवन प्रशासनको सहयोगमा फागुन १४ गते उद्धार गरिएको चितवन प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । बालिकाको थप परिचय र ठेगाना नखुलेको प्रहरीले जनाएको छ । पाँच महिना पहिला आमासँग होस्टेलमा आएकी बालिका आमाले तीन दिन होस्टेलमा काम गरेपछि त्यही छाडेर भागेको र कहिल्यै उनलाई लिन नआएपछि बालिका बालश्रमिकका रूपमा सुनगाभामा होस्टेलमा नै बस्दै आएकी थिइन् । बालिका जोखिममा रहेको सूचनाको आधारमा तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ । बालिकालाई सहाराको घरको संरक्षणमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments