Incident Reports

बेपत्ता बालबालिकाको अवस्था अज्ञात

2016-02-22

Province 1, Jhapa, Buddhashanti, Ward 4

एक साता अघिदेखि विद्यालय जाँदै गर्दा वेपत्ता भएका शान्तिनगर गाविस-१ की ८ वर्षीया दिपीका राई र ५ वर्षीय ओमदिप राईको अवस्था हालसम्म अज्ञात रहेको छ । घटना विवरणअनुसार स्थानीय शान्तिनगर गाविस-१ मा रहेको ब्राईटफ्यूचर बोर्डिङ स्कूलमा कक्षा १ र कक्षा नर्सरीमा अध्ययनरत रहेका दिदीभाइ ०७२ फागुन १० गते विहान ९ः३० बजे घरबाट विद्यालय जाँदै गर्दा बेपत्ता भएका थिए । दिदीभाइ विद्यालय नपुगेको र अपरिचित एक महिलासँग जाँदै गरेको भन्ने बालबालिकाको घरमा खबर आएपछि उनीहरू अपहरणमा परेको थाहा भएको थियो । त्यसपछि परिवार, प्रहरी, गाउँलेहरूले खोजी कार्य गरेपनि फागुन १७ गते दिउँसोसम्म उनीहरूको अवस्था अझै अज्ञात रहेको छ । उनीहरूका बाबु दिनेश राई खोटाङ जिल्लामा बस्ने गरेको र घटना थाह पाए लगत्तै झापा आएर छोराछोरीको खोजी कार्य गरिरहेको वताए । उनका अनुसार छोराछोरी बेपत्ता भएको विषयमा इलाका प्रहरी कार्यालय बुधबारेमा फागुन १० गते नै उजुरी दिई सकिएको वताए । घटनाको विषयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी श्यामकृष्ण कार्कीले बालबालिकाको फोटो अभिभावकबाट लिएर खोजतलास तथा अनुसन्धान गरिरहेको वताए । बाबु दिनेश राईले इन्सेक प्रतिनिधीसँग पनि आफ्ना नानीहरूको खोजतलासमा सहयोग पुर्‍याई दिन आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 2
Female Abducted 1
Youth Abducted 2
INSEC

0 Comments