Incident Reports

बिहे भोजमा झडप, दुई घाइते

2016-02-29

Province 1, Taplejung, Aathrai Tribeni, Ward 5

बिहे भोजमा युवाबीच भएको भनाभन झडपमा परिणतहुदाँ ताप्लेजुुङको हाङपाङ गाविसमा दुुई युवा घाइते भएका छन्। युवाबीच गोली हानहान र खुुकुरी प्रहारसम्म भएको घटनामा परी घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ। हाङपाङ गाविस– ५ का सौरभ गुरुङको बिहेको आसपी भनाभन गोली हानहानमा पुुग्दा मंगलबार बिहान नवराज याक्सो र सञ्जय गुरुङ घाइते भएका छन्। ती मध्ये सञ्जयको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका डिएसपी रामबहादुर केसीले जानकारी दिए। डिएसपी केसीका अनुसार सौरभको बिहेमा नवराज, सञ्जय र अजय गुरुङबीच आपसी भनाभन चलेको थियो। भनाभन नियन्त्रण बाहिर जाँदा सञ्जयले नवराजलाई भरुवा बन्दुुक प्रहार गरेका थिए। खुुट्टाको तल्लो भागमा भरुवा बन्दुक लागेका नवराजको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। सञ्जयले प्रहार गरेको भरुवा बन्दुुकबाट घाइते भएपपछि नवराजले सञ्जयलाई खुकुरीले प्रहार गरेका थिए। खुुकुरी प्रहारबाट घाइते भएका सञ्जयलाई स्थानीय स्वास्थ्य संस्थाम प्रारम्भिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भई रहेको प्रहरीले जानकारी दिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon , Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people More than 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people More than 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports