Incident Reports

स्कुलमा बम बिस्फोट गराउन खोज्ने २ जना पक्राउ

2016-03-02

Madhes, Parsa, Birgunj

पर्सा, वीरगंज १६ स्थित रहेको साउथजोन बोर्डिङ् स्कुलमा बम विस्फोट गराउने खोज्ने २ जनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ। स्कुलका संचालक तथा शिक्षकहरूलाई समेत फोनबाट जनतान्त्रिक तराई मुक्ति मोर्चाको नाममा अभय सिह र सागर सिह बोल्दैछु भनी ५ लाख रकम माग गरी नदिएमा अपहरण गरी गोली हानी हत्या गरिदिन्छु भनेर डरत्रास देखाउने वीरगंज १४ का रामबालक मुखिया बिन र महेश पटेललाई पक्राउ गरिएको डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। प्रहरीमा खबर गरे घर परिवार लाई समेत नछाड्ने र स्कूलमा बम पड्काई ध्वस्त दिन्छु भनी पटक पटक धम्की दिंदै उनीहरुले पत्र समेत पठाउने गर्दथे । स्कूलको कम्पाउन्ड भित्र सकेट बम फाली फरार रहेका उनीहरुलाई पक्राउ गरिएको बोगटीले बताए। महेश पटेल यस भन्दा पहिला हातहतियार मुद्दामा २ दुई पटक कारगारमा कैद भुक्तान गरेको र अर्का रामबालक प्रसाद मुखिया बिन पनि यस भन्दा पहिला लागू औषध ९ चरेश ० र सेतो हिरोईन मुद्दामा पक्राउ गरी कैद भुक्तान गरेको खुल्न आएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Secondary Form Extortion
Weapons Improvised explosive device (IED)
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports