Incident Reports

रोग निको पार्ने भन्दै तातोपानी खन्याउने धामी गिरफ्तार

2016-02-28

Lumbini, Dang, Banglachuli

 प्यारालाइसिसले थलिएकी एक महिलालाई रोग निको पार्ने भन्दै शरीरमा उम्लीएको पानी खन्याउने ५२ वर्षीय धामी कमल क्षेत्रीलाई प्रहरीले फागुन २५ गते गिरफ्तार गरेको छ । दाङको हासिपुर-१ रुपाकोटकी ६० वर्षीया तुमसरा सुनारलाई प्यारालाइसिस रोगको झारफुक गरी निको बनाइदिने भन्दै फागुन १६ गते कोइलावास गाविस-१ जानकी मन्दिरमा बस्दै आएका क्षेत्रीले टाउकामा उम्लिएको पानी खन्याएपछि सुनार घाइते भएकी थिइन् । २० वर्षदेखि प्यारालाइसिसबाट ग्रस्त महिलालाई धामीले झारफुक गरी निको बनाइदिने भनेपछि जेठी छोरी दमन्ता विकको सहयोगमा फागुन १० गते कोइलाबास पुगेकी सुनारलाई ११ गतेदेखि तातोपानीले कुचो लगाएर झारफुक गर्दै आएका धामीले फागुन १६ गते तातोपानी टाउकोबाट खन्याइदिएका थिए । तातोपानीले सुनारको दाहिने भाग टाउकोदेखि पाइतलासम्म जलेको छ । तातो पानीले शरीर जलेपछि घटना लुकाउन र त्यसको सम्पूर्ण उपचार आफुले दिने भन्दै आरोपितले पीडितका आफन्तलाई फकाएका थिए । घाइतेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार सम्भव नभए पछि पाल्पा मिसन अस्पतालमा रिफर गरिएको छ । ढिलो गरी फागुन २५ गते उपचारका लागि अस्पताल पुगे पछि घटना सार्वजनिक भएको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले आरोपितलाई गिरफ्तार गरिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए । पीडित महिलाका तीन जना छोरीको विवाह भइसकेको र पति वेदुराम सुनारसँग सम्बन्ध राम्रो नभएपछि ५ वर्षदेखि एक्लै बस्दै आएकी छन् । आर्थिक अवस्था नाजुक भएकी सुनारले उपचारका लागि सहयोगको अपील गरेकी छन । जेएन सागर
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports