Incident Reports

बालकलाई संरक्षकद्वारा यातना, मुद्दा लगाउने विषयमा अन्यौल

2016-03-13

Bagmati, Kabhrepalanchok, Banepa, Ward 10

नौ वर्षीय एक बालकलाई दैनिक कुटपिट गरी घाइते बनाउने उग्रतारा जनागाल गाविस-१ पुलबजारकी २४ वर्षीया दुर्गा श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिए पनि कुन मुद्दा लगाउने भन्नेमा अन्यौलमा देखिएको छ । मकवानपुर जिल्ला हेटौँडा नपा-२२ हटिया घर भई हाल ससुराली घरमा बस्दै आएका ३८ वर्षीय राजकुमार भनिने रिद्धिलाल श्रेष्ठले तेस्रो पत्नीको रुपमा ल्याएका दुर्गाबाट धर्मपुत्रका रुपमा राखिएका बालकलाई गएको ३ महिनादेखि यातना दिइदै आएको छिमेकीहरूले बताए । गएको साउनमा रिद्धिलालले विवाह गरेकी दुर्गाको हाल ३ महिनाको छोरी रहेकी छिन् । रिद्धिलालको जेठी पत्नी अष्टमाया श्रेष्ठले ०७१ भदौ १३ गते विषसेवन गरी आत्महत्या गरेपछि ससुरालीले नै विवाह गरिदिएकी दोस्रो पत्नी तीन दिन पछि नै पतिलाई छोडेर अन्यत्र गएकी थिइन् । न्यू मोडेल एकेडेमीको कक्षा २ मा अध्ययनरत पीडित बालकको गाला, पाखुरा र शरीरमा थुप्रै चोटपटक देखिन्छ । सौतेनी आमाले कोठामा थुनेर झिरले रोपिदिने, सेप्टी ट्यांकीमा हाल्ने, चिथोर्ने र लुगा लगाउन समेत नदिने गरेको पीडित बालकले बताए । आरोपितले हिरासत भित्रबाट दसा लागेकाले आफबाट गल्ती भएको र एकपटकलाई माफी दिन आग्रह गरेकी छिन् । १८ वर्षअघि हेटौँडाबाट भागेर ससुरालीमा बसेका रिद्धिलालले हटियाको १७ धुर जग्गा बेचेर हाल जनागालमा घर बनाई आफू र धर्मपुत्रको संयुक्त नाममा पास गरेपछि सौतीनी आमा दुर्गाले दैनिक यातना दिने गरेको खुलासा भएको छ । बच्चालाई कुटेको खवर पत्रिकामा आएपछि रिद्धिलालको दाजुभाई पनि प्रहरीचौकीमा आइपुगेका थिए । यता, आरोपितलाई कार्वाहीको माग गर्दै गाउँभरीका महिला दिनभर जिल्ला प्रहरी कार्यालयमा धर्ना दिए । घटना भएको समयमा ट्रक चालक रिद्धिलाल भने घरमा थिएनन् । बालबालिकासम्वन्धी ऐनको दफा ७ मा बालवालिकालाई क्रुर वा अमानवीय व्यवहार गर्न नहुने तर बाबु, आमा, परिवारको सदस्य, संरक्षक वा शिक्षकले बालकको हितको लागि हप्काएको या सामान्य पिटाई गरेकोमा यस दफाको उल्लङ्घन गरेको नमानिने उल्लेख छ । यसै कानुनको दफा ५३ (३) मा कसैले दफा ७ विपरीत कुनै काम गरेमा पाँच हजार रुपैयासम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । क्रुर र यातनापूर्ण व्यवहार गरेकोमा मनासिव क्षतिपूर्ति भराई दिनसक्ने व्यवस्था पनि कानुनमा छ । तर, यो मुद्दा अनुसूची १ मा नपर्ने भन्दै पीडित बालकको मामा शंखलाल मानन्धरले दिएको जाहेरी प्रहरीले दर्ता गरेन । केही सार्वजनिक अपराध, घरेलु हिंसा, ज्यान मार्ने उद्योग वा अन्य के विषयमा मुद्दा दर्ता गर्ने भन्ने विषयमा पीडितको आफन्तहरुमा अन्यौल देखिन्छ । पीडितको घाउ जाँच गरी प्रहरीले यस मुद्दालाई जिल्ला अदालतमा रहेको बाल इजलासमा पठाउने तयारी गरेको छ । आरोपित दुर्गासँग ३ महिनाकी बालिका पनि रहेकाले प्रहरी पनि तनावमा देखिन्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Youth Injured 1
INSEC

0 Comments