Incident Reports

छोराको प्रहारबाट बुबासहित २ को मृत्यु

2016-03-18

Gandaki, Lamjung, Besishahar, Ward 10

लमजुङको बाँझेखेत १, खासुरमा छोराको अन्दाधुन्दा प्रहारबाट बुबासहित २ जनाको मृत्यु भएको छ । आमासहित २ जना घाइते भएका छन् । ३६ बर्षीय तीर्थबहादुर घलेले ढोकाको गजबार, चिर्पट तथा दाउराले हान्दा आफ्नै बुबा ७६ बर्षीय मीनबहादुर घले र माइलो बुबा ८४ बर्षीय धनबहादुर घलेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शम्भूप्रसाद ढकालले बताए । आमा ७६ बर्षीया बर्दी घले र माइलीआमा हिमचुली घले घाइते छन् । शुक्रबार साँझ ८ बजेतिर तीर्थबहादुरको प्रहारबाट घाइते भएका मीनबहादुर र धनबहादुरलाई ‘उपचार असम्भव’ भएको भन्दै चितवन मेडिकल कलेज भरतपुरले फिर्ता पठाएको थियो । चितवनबाट बेसीसहरतर्फ ल्याउँदै गर्दा शनिबार बिहान साँढे ९ बजेतिर बाटोमा दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको छ । उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएका माइली आमा हिमचुलीलाई पनि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ । आमा बर्दी र माइलीआमा हिमचुलीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न तीर्थबहादुरलाई प्रहरी पक्राउ गरेको छ । उनका अनुसार राति झगडा गरेर आफ्नै बुबामाथि तीर्थबहादुरले सुरुमा ढोकामा लगाउने गजबार प्रहार गरेका थिए । त्यसपछि आमालाई लखेट्दै लगेको र पालैपालो आफन्तलाई अन्दाधुन्दा प्रहार गरेका थिए । प्रहरीले तीर्थबहादुरको मानसिक सन्तुलन ठीक नभएको देखिएको जनाएको छ । स्थानीयले समेत उनको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 2
Total Injured 2
Female Injured 2
National/Online Media

0 Comments

Related Reports