Incident Reports

हराएका बालकको शव गहुँ बारीमा भेट्टीयो

2016-03-19

Madhes, Dhanusha, Janakpur

 जनकपुरमा एक बालकको हत्या भएको छ । जनकपुर उपमहानगरपालिका–१९ वेंगाशिवपुरका मोहम्मद असलम राईन कवारीका ५ वर्षका छोरा असरफ राईनको अपहरणपछि हत्या भएको बालकका आफन्तले आरोप लगाएका छन् । शनिबार बिहान १० बजे घरबाट खेल्ने क्रममा बेपत्ता भएका असरफको शव आइतबार बिहान घर नजिक गहुँ खेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालकको कुटपीट तथा घाँटी थिचेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । बालकको टाउकोमा चोट लागेको छ । बालक असरफका बुबा असलम वैदेशिक रोजगारको शिलशिलामा कतारमा हुनुहुन्छ । एक छोरा र दुई छोरी रहेको असरफका परिवारमा एक मात्र छोराको हत्या भएपछि आमा अपसना खातुन अचेत हुनुभएको छ । बालकका काका सोमन राईनले असरफ घरबाट शनिबार बिहानै बेपत्ता भएको र आफूहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराई आफन्त नातागोता कहाँ खोजखबर गर्दा फेला नपरेको र आइतबार बिहानै गहुँ खेतमा बालकको शव हत्या गरेर फालिएको अवस्थामा फेला परेको बताउनुभयो । बालकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक नकुल खरेलले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments