Incident Reports

नवजात शिशुको घाँटी थिचेर हत्या

2016-03-21

Karnali, Surkhet, Lekbeshi, Ward 7

काफलकोट गाविस-७ की १८ वर्षीया मैमसरा विकले नवजात शिशुलाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चैत १२ गते पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार मैमसराका पति मजदुरीका लागि भारत गएको समयमा अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई मैमसराले चैत ८ गते जन्म दिई हत्या गरेको सार्वजनिक गरेको हो । मैमसराले ०७२ मङ्सिर ४ गते काफलकोटका सुरेश विकसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको एक महिनामा सुरेश मजदुरी गर्न भारत गएका थिए । विवाह भएको चार महिनामा बच्चा कसरी जन्मियो ? भनी गाउँलेले सोधपुछ गरेपछि विवाह अगाडि नै परपुरूषसँग सम्बन्ध भएको स्वीकारेपछि लाज हुने डरले मैमसराले बच्चाको हत्या गरेको प्रहरीले जनाएको छ । विकले ८ गते साँझ ४ बजे बच्चा जन्माए लगत्तै शिशुको घाँटी थिचेर हत्या गरेपछि स्थानीयबासीले मैमसरालाई गिरफ्तार गर्न प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले आरोपितलाई ०७२ चैत ९ गते नै गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी बहादुरजङ्ग मल्लले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC

0 Comments