Incident Reports

No translation available.

2012-10-17

Manohar Kumar Pokharel

समाचार

अज्ञात समूहद्वारा क्याम्पसमा आगजनी

सप्तरी । असोज ३० गते

राजविराज नपा-४ स्थित राजविराज मोडल क्याम्पसमा ०६९ असोज २५ गते राती ८ बजे अज्ञात समूहले आगजनी गरेको छ । आगजनी गर्नेहरु गिरफ्तार नभएको र कसले किन गरेको हो हालसम्म नखुलेको प्रहरीले बताएको छ ।

क्याम्पस सुरक्षार्थ बस्ने गरेका सुरक्षागार्ड सदानन्द यादव खाना खान गएको मौका छोपी आएका तीन युवाले पेट्रोल छर्केर आगो लगाएको छिमेकी अरुण यादवले बताए ।

खुकुरी छापको खाने तेलको प्लाष्टिकको बोतलमा पेट्रोल बोकेर आएका तीन युवाले क्याम्पसको झ्यालको सिसा फुटाली पेट्रोल छर्केर आगो लगाएको क्याम्पस प्रशासनले जनाएको छ ।

घटनामा एक/एक थान कम्प्युटर प्रिन्टर, मोनिटर, सिपीयु, काठको र्‍याक र रजिष्ट्रेशन फर्म जलेर क्षतिग्रस्त भएको छ । छिमेकी अरुणकुमार यादवकाअनुसार सिसा फुटालेको आवाज सुनेपछि होहल्ला हुँदा आगजनी गर्ने युवाहरु फरार भएको र तत्कालै आगो नियन्त्रणमा लिइएकोले ठूलो क्षति हुनबाट क्याम्पस जोगिएको छ ।

मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis