Incident Reports

स्वतन्त्र मधेस गठबन्धन सुनसरीका अध्यक्ष पक्राउ

2016-04-01

Province 1, Sunsari, Dharan

स्वतन्त्र मधेस गठबन्धन सुनसरीका अध्यक्ष देवराम यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । सुनसरीमा बम पट्काएर सर्वसाधारणलाई आंतकित पारी हतियारको कारोवारमा संलग्न रहेको अभियोगमा यादवलाई प्रहरीले इनवा–७ बाट बुधबार राति पक्राउ गरेको हो । यादवले सिके राउतले सञ्चालन गरेको राष्ट्रिय अखण्डता विरुद्ध अभियानमा सुनसरीका विभिन्न स्थानमा अवैध गतिविधि गर्दै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिए । प्रहरीले यादवको घरमा छापा मारी यसअघि नै हतियार, बम र विष्फोटक पदार्थ बरामद गरेको थियो । यादव भने फरार रहेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments