Incident Reports

No translation available.

2012-10-18

                            

                                                                                                                                         

Manohar Kumar Pokhrel

समाचार

सुरक्षा माग्दै अधिकारकर्मीद्वारा उजुरी

सप्तरी । कात्तिक १ गते

आफूलाई धम्की दिएको भन्दै अधिकारकर्मी एवम् कानुन व्यावसायी धर्मेन्द्रप्रसाद यादवले मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठान (हुकोडन) का अध्यक्ष अधिवक्ता सुरेन्द्रप्रसाद यादवविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ०६९ असोज २९ गते उजुरी दिएका छन् ।

धम्की दिने सुरेन्द्रलाई कारबाहीको माग गर्दै आफ्नो ज्यूज्यान, जन धनमा क्षति पुर्‍याउने वा पुर्‍याउन लगाउने प्रवल सम्भावना भएको हुँदा शान्ति सुरक्षा पाउँ भनी धर्मेन्द्रले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुका साथै इन्सेकलगायत विभिन्न अधिकारवादी र सञ्चार संस्थामा बोधार्थ दिएका छन् ।

सुरेन्द्रले "मानव अधिकार तथा जनवकालत केन्द्र (हुपेक) संस्थामा उनले भनेअनुसार कार्य समिति बनाउनर्ुपर्छ र सुशीलकुमार यादवलाई मोटरसाइकलको आगजनी मुद्दाबाट जोगाउनु पर्छ नत्र आफ्नो जहान परिवार र हुपेक संस्थामा ठूलो दुर्घटना गराई दिन्छु तथा चरित्र हत्यालगायत भुठ्ठा मुद्दामा फर्साई दिन्छु" भन्दै २०६९ साल असोज २२ गते बिहान धम्की दिएको प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

आफ्नो मोटरसाइकल देउरी भरुवा गाविस-२ बस्ने सुशिलकुमार यादवले २०६९ जेठ ८ गते आगजनी गरी नष्ट गरेको भन्दै धर्मेन्द्रले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको आधारमा ०६९ असोज १८ गते गिरफ्तार भएलगत्तै पनि सुशील विरुद्धको मुद्दा फिर्ता लिन वा जमानतमा छोडाई दिन भन्दै सुरेन्द्रले धम्की दिएको सो उजुरीमा उल्लेख छ । मनोहरकुमार पोखरेल

0 Comments