2012-10-18
दुइ दिनदेखि आमरण अनशनमा बसेका जीडी फर्मास्युटिकल्स औषधी उद्योगका मजदुर कर्मचारीहरूले ०६९ कात्तिक १ गते बेलुकीदेखि आन्दोलन स्थगित गरेका छन् । उद्योग व्यवस्थापन र आन्दोलनरत मजदुर युनियनबीच भएको वार्तामा १४ बुदे सहमति भएपछि मजदुरहरूले १ गते बेलुकीदेखि आन्दोलन स्थगित गर्नुका साथै आमरण अनशन पनि तोडेका छन ।
कर्मचारीलाई स्थायी गर्नुका साथै तलब भत्तामा वृद्धि गर्नुपर्नेलगायतका माग पूरा गर्न उद्योग व्यवस्थापनले चासो नदेखाएपछि मजदुर युनिनयको आह्वानमा सातजना मजदुर कर्मचारीहरू ०६९ असोज ३० गतेदेखि आमरण अनसनमा बसेका थिए ।
केसी लामिछाने