Incident Reports

हत्या प्रयास मा ३ जना पक्राउ

2016-04-04

जिल्ला प्रहरी कार्यालय चितवनले ज्यान मार्ने उद्योगमा फरार तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दारेचोक गाविस–३ का १९ वर्षीय वुद्ध रानामगर, सोही ठाउँका १८ वर्षीय रामबहादुर रानामगर र १८ वर्षीय पार्टस् भनिने बमबहादुर रानामगरलाई तनहुँ जिल्लाको घाँसीकुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार चितवन जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुले यही चैत ९ गते दारेचोक गाविस–३ जिफाडस्थित अन्नपूर्ण माई मन्दिर परिसरमा फागुपर्वको अवसरमा आयोजित जात्रामा स्थानीय हस्तबहादुर गुरुङ, आशिष गुरुङ र सुदीप गुरुङलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटनामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय रोशन मगर र १७ वर्षीय भीम थापामगरलाई घटनालगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments

Related Reports