Incident Reports

No translation available.

2012-10-19

 

Pratap Bishta

INSEC: प्रहरीद्वारा बालिका बलात्कृत

मकवानपुर । कात्तिक २ गते बालिकालाई बलात्कार गरेको आरोप लगाउँदै स्थानीयवासीले सशस्त्र प्रहरी जवानलाई नियन्त्रणमा लिएर शसस्त्र प्रहरीको अस्थायी बेशक्याम्पमा बुझाएका छन् । मकवानपुर मनहरीस्थित सशस्त्र प्रहरी वेशक्याम्पका जवान रोशन बुढाथोलीले मनहरी गाविस-५ की एक १३ वर्षीया बालिकालाई ०६९ कात्तिक २ गते बलात्कार गरेको आरोपमा स्थानीयवासीले नियन्त्रणमा लिएर बेशक्याम्पमा बुझाएका हुन् ।

बालिकालाई जंगलमा लगेर बुढाथोकीले बलात्कार गरेको आरोपसहित पीडितपक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा ०६९ कात्तिक २ गते उजुरी दिएका छन् । पीडितलाई प्रहरी सेलमा राखिएको छ भने आरोपित बुढाथोकीलाई कुनै पनि बेला कारबाहीको निम्ति प्रहरीलाई बुझाउने शर्तमा बेशक्याम्पमा राखिएको छ । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis