Incident Reports

जंगलमा भेटिइन् सालनालसहितकी शिशु

2016-04-07

Gandaki, Lamjung, Besishahar

दोलखाको भीमेश्वर नगरपालिका–१० स्थित निर्माणाधीन भ्यू टावरमुनिको खोरथली सामुदायिक बनमा एक नवजात शिशु भेटिएकी छन् । घाँस काट्न गएका स्थानीयबासीले सालनालसहितकी नवजात शिशु देखेपछि चरीकोटस्थित जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । स्थानीयको खबरपछि पुगेको प्रहरीले शिशुको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरेको प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए । उनका अनुसार शिशुको ढाड, तिघ्रा र छातीमा सामान्य चोट लागेको छ । प्रहरीका अनुसार आजै जन्माएर शिशुलाई जंगलमा फालिएको अनुमान गरिएको छ । शिशु जन्माएर फ्याक्ने महिलाबारे खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ ।
National/Online Media

0 Comments