Incident Reports

साथीले चलाएको गोली लागेर युवकको मृत्यु

2016-04-11

Lumbini, Arghakhanchi, Bhumekasthan

जंगलमा सिकार खेल्न गएका ढिकुराका एक युवाको आँफूसँगै सिकार खेल्न गएका अर्का व्यक्तिले चलाएको गाली लागेर मृत्यु भएको छ। ढिकुरा ७ जंगलेटोलका ३५ वर्षीय डेमबहादुर गुरुङले चलाएको गाली लागेर सोही ठाउँका १८ वर्षीय केशबहादुर थापाको मुत्यु भएको हो। सिकार खेल्दा नभइ गुरुङले थापाको जानजान हत्या गरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। उनीहरु शुक्रबार साँझ घर नजिकैको जंगलमा सिकार गर्न भन्दै गएका थिए । राति करिव साढे आठ बजे गुरुङले चलाएको गाली लागेर थापा ढलेका थिए । गोली चलेको खबर पाएपछि प्रहरी घटना स्थल पुगेको थियो। प्रहरी घटना स्थल पुग्दा गुरुङसहित उनको परिवार फरार थियो । आमा, श्रीमती, दुई छोराछोरी र बहिनीसहित उनी फरार छन्। भाइ किरणलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायव उपरिक्षक नवरत्न पौडेल, प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीसहित १९ जना प्रहरीले शुक्रबार रातभर गाउँ र नजिकैको जंगलमा खोजतलाजी गरेपनि अभियुक्त गाउँबाट अन्यत्रै भागेकाले पक्राउ परेनन् । प्रहरी नायव उपरिक्षक पौडेलले जिल्लाबाट बाहिरी जिल्ला जाने सबै नाकामा जेकजाँच कडा पारिएकाले छिट्टै पक्राउ गर्ने बताए। 'सबैतिर प्रहरी परिचालित छन'् उनले भने, 'अभियुक्तलाई उम्कन दिदैनौं।' उनले घटना घटाउनेको सबै परिवार एकै ठाउँमा लुकेर बसेको हुन नसक्ने बताए । 'घरको एउटा मात्र सदस्यलाई पक्राउ ग¥यौं भने पनि उसलाई पत्ता लगाउन सजिलो हुने थियो', उनले भने। उनले भरुवा बन्दुकको लाइसेन्स भए÷नभएको बारेमा पनि अनुसन्धान थालिएको बताए। पौडेलले अभियुक्त पक्राउ नगरी अन्जानको घटना वा हत्या के हो यसै भन्न नसकिने बताए । 'घटनाको प्रकृति हेरेर भन्न सक्ने अवस्था छैन', उनले भने, । मृतक केशबहादुरले घरमा बुबाको रेखदेख र पालनपोषण गर्थे। आमाको सानैमा निधन भएको थियो। दुई दाइहरु रोजगारीको शिलशिलामा भारतमा छन्। तीन भाइ मध्ये एकजनाले बुबाको रेखदेख गर्ने गरी उनीहरु पालैपालो रोजगारीमा जान्थे। अहिले उनले घर व्यवहार सम्हाल्दै आएका थिए । गुरुङ र थापा एक आपसमा निकै मिल्ने भएकाले हत्या नै हो भन्न सक्ने अवस्था नरहेको स्थानीय सुरज रायमाझीले बताए । घटना घटाउने गुरुङ रोजगारीका लागि दुवई गएपनि काम राम्रो नभएपछि दुई महिनामै फर्केर घर आएका थिए ।

update...एक व्यक्तिको हत्याको सम्बन्धमा जिल्ला प्रहरी अधिकारी (डीपीओ), अर्घाखाँचीले सोमबार सार्वजनिक गरेको छ। प्रहरीको आरोप छ कि डिकुरा गाविस-७ का डेमबहादुर गुरुङले गत शुक्रबार त्यही ठाउँका १८ वर्षीय केशव बहादुर मगरलाई गलतीले गोली हानेर हत्या गरेका छन। गोलीको चोटले मगरको केही समयपछि मृत्यु भयो। गुरुङ घटना पछि लुकेका थिए र उनलाई शनिबार साँझ पक्राउ गरिएको छ। पुलिसका अनुसार गुरुङलाई जल्के गाविस १ मा उनकी जेठी दिदीको घरमा राखिएको थियो। डीपीओ प्रमुख डीएसपी नवा रत्न पौडेलले भने, "हामीले हाम्रो अथक प्रयासबाट २४ घण्टामा उनलाई पक्राऊ गर्न सक्षम भयौं।" डीएसपी पौडेलले गुरुङलाई हत्या र अवैध हतियार भएको आरोप लगाउने योजना रहेको जानकारी दिए। "हामीले अनुसन्धान गरिरहेका छौं कि उनले ल्याएको हतियार इजाजतपत्र पाइएको थियो कि थिएन।" "गुरुङले यो हत्या दुर्घटना हो भन्ने दाबी गरे पनि अनुसन्धानबाट यसको निर्धारण हुनेछ," पुलिस (एसपी) सुजानकुमार राजभण्डारीले भने। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports